काठमाडौं । वेस्ट इन्डिज ‘ए’ ले दोस्रो टी– २० खेलमा घरेलु टोली नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १६० रनको योगफल तयार गरेको हो ।
वेस्ट इन्डिज ‘ए’ का आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । कप्तान रोस्टन चेजले २३, केसी काटीले १० रन बनाए भने गुडाकेश केसी ३१ रनमा नट आउट रहे भने हेयडन वाल्स ९ रनमा आउट भए ।
बलिङतर्फ नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान २–२ विकेट लिए । त्यस्तै सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट लिए । सुरुमा दबाबमा रहेको वेस्ट इन्डिजले अन्तिम २ ओभरमा ४१ रन जोडेको थियो ।
शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।
