मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

विभाजनको संघारमा कांग्रेस : महामन्त्री थापा र शर्माले बोलाए विशेष महाधिवेशन 

विभाजनको संघारमा कांग्रेस : महामन्त्री थापा र शर्माले बोलाए विशेष महाधिवेशन 

यद्यपी महामन्त्री गगन कुमार थापाले भने आफूले विष पिएर पनि पार्टी विभाजन हुन नदिने भनेर ठोकुवा गर्दै आएका

बुधबार, पुस २३ २०८२
बुधबार, पुस २३ २०८२
  • काठमाडौं । नेपाली कांग्रेस विभागतिर अगाडी बढेको छ । कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले औपचारिक रुपमै विशेष महाधिवेशन आह्वान गरेका छन् । 

    आज एक विज्ञप्ति जारी गर्दै महामन्त्रीद्धयले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका हुन् । विधान बमोजिम वाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु, जिम्मेवारी बमोजिम काम नगर्नु विधान र राजनीतिक दलसमबन्धी कानूनको विपरित भएको पनि उनीहरुले उल्लेख गरेका छन् ।

    यता संस्थापन पक्षले भने विशेष महाधिवेशनमा सहभागी नहुन पार्टी पंक्तिलाई निर्देशन दिएको छ । यो सँगै नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको बुझिएको छ । यद्यपी महामन्त्री गगन कुमार थापाले भने आफूले विष पिएर पनि पार्टी विभाजन हुन नदिने भनेर ठोकुवा गर्दै आएका छन् । 

    gagan-biswa-2.jpg
    gagan-biswa-1.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार