मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट झाक्री, जंगली र केसी निर्वाचित 

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट झाक्री, जंगली र केसी निर्वाचित 

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा एमाले–कांग्रेस र जसपा गठबन्धनले जितेको

आइतबार, माघ १२ २०८२
आइतबार, माघ १२ २०८२
  • काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा एमाले–कांग्रेस र जसपा गठबन्धनले जितेको छ । 

    आइतबार साँझ मतदानपछि भएको मतगणना सकिएकोमा महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाक्री, अपाङ्गतर्फ कांग्रेसका बासुदेव घिसिरे ‘जंगली’ र अन्यमा नेपाली कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । 

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाक्रीले ६ हजार ३०३ मतभार प्राप्त गरिन् । त्यहाँ नेपाली कम्युनिष्ट पार्टीका दुर्गा भण्डारीले एक हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मतभार प्राप्त गरिन् । 

    अपाङ्गतर्फ जंगलीले ५ हजा ३२२ मतभार प्राप्त गरी विजयी भए । नेकपाका सजन विकले एक हजार ६०१ मतभार प्राप्त गरे । त्यस्तै अन्य कलस्टरमा पनि लुम्बिनीबाट नेपाली कांग्रेसकै चन्द्र बहादुर केसी निर्वाचित भए । 

    केसीले ५ हजार ९७७ मतभार प्राप्त गरी विजयी हुँदा नेकपाका बृहस्पति अधिकारीले १ हजार ८३२ मतभार प्राप्त गरे । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार