मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

अपिहिमाल गाउँपाली

जिल्लामा प्रथम बनेको भगतसिंग  ठेक्रे बोहोरा अध्यक्ष रहेको अपिहिमाल गाउँपालीका प्रदेशकै दोस्रो

जिल्लामा प्रथम बनेको भगतसिंग  ठेक्रे बोहोरा अध्यक्ष रहेको अपिहिमाल गाउँपालीका प्रदेशकै दोस्रो

शुक्रबार, फागुन १ २०८२
शुक्रबार, फागुन १ २०८२
  • धनगढी । प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहिवार सार्वजिनक गरेको कार्यसम्पादन मुल्याङ्कनमा दार्चुलाको अपिहिमाल गाउँपालीका प्रदेशकै दोस्रो बन्यो उत्कृष्ट पालिका बनेको छ । भगत सिंहठेक्रे बोहोरा  अध्यक्ष रहेको  दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका प्रथम बनेको छ । 

    2944974b-a307-4971-b02c-5d3731404006.jfif

    प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहिवार सार्वजिनक गरेको कार्यसम्पादन मुल्याङ्कनमा दार्चुलाको अपिहिमाल गाउँपालिका जिल्लामा प्रथम भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कन अनुसार अपिहिमाल गाउँपालिकाले ७६.१४ अंकसहित जिल्लामा प्रथम र सुदूरपश्चिम प्रदेशमा दोस्रो स्थान हासिल गरेको हो ।

    f28526d7-c379-4baf-b06f-db711ce1c551.jfif

    आयोगको तथ्याङ्क अनुसार दार्चुलाको व्याँस गाउँपालिकाले दार्चुलाका ९ वटै स्थानीय तहमा सबैभन्दा कम ३७.८५ अङ्क प्राप्त गरेको छ। दार्चुलाको मार्मा गाउँपालिका ६५.६२ अङ्कसहित जिल्लामा दोस्रो र महाकाली नगरपालिका ५९.६३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै लेकम गाउँपालिका ५८.३९ अङ्कसहित चौथो, नौगाड गाउँपालिका ५७.८० अङ्कसहित पाँचौ, दुहुँ गाउँपालिका ५७.४९ अङ्कसहित छैटौं, मालिकार्जुन गाउँपालिका ५७.१६ अङ्कसहित सातौं, शैल्यशिखर नगरपालिका ४६.५२ अङ्कसहित आठौं स्थानमा रहेको छ।

    मूल्याङ्कन आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा लिइने आधारमध्ये एक हो । धेरै अङ्क ल्याउने पालिकाले तुलनात्मक रूपमा बढी अनुदान पाउने गर्छन् । 

    c007527e-1e90-4dd9-89cd-0f707f5da2bf.jfif

    आयोगले विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरेको जनाएको छ। सूचकमा अघिल्लो आर्थिक वर्षको लेखापरीक्षणबाट देखिएको बेरुजु अवस्था लिइएको छ । विनियोजन गरिएको बजेट खर्चको अवस्थालगायतका सूचक मुल्यांकनका आधार बनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार