मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

बन्द रहर होइन बाध्यता : महासचिव आजाद 

बन्द रहर होइन बाध्यता : महासचिव आजाद 

देशका समस्या समाधान नगरी बन्दुकको बलमा गरिने निर्वाचनले नेपाल देशलाइ थप क्षतीतिर लैजाने भयानक खतरा पैदा

मंगलबार, फागुन ५ २०८२
मंगलबार, फागुन ५ २०८२
  • काठमाडौं । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का महासचिव उषाकिरण आजाद कामीले आजको नेपाल बन्द देश र जनताको हितका खातिर बाध्यात्मक अपरिहार्यता भएको बताएका छन् । 

    महासचिव आजादले सामाजिक सञ्जाल फेसबुकमार्फत् एक स्टाटस जारी गर्दै आजको नेपाल बन्द सफलपार्न सबैलाई सहयोग गर्न अनुरोध गर्दै यस्तो बताएका हुन् । ०७९ मा केही थान सेना प्रहरीको दुरुपयोग गरेर तत्कालीन सरकारले जबरजस्ती निर्वाचन लादेपछी देश खारानी बनेको उनको भनाई रहेको छ । 

    देश जल्दा सेना र प्रहरीले रोक्न नसक्नुको जिम्मा निर्वाचन गर्ने र गराउनेहरूले लिनुपर्छ कि पर्दैन ? भन्दै उनले जनताको असन्तुष्टिको सम्बोधन नगरिकन अब पनि जबरजस्ती निर्वाचन जनतामाथी थोपर्दा देश बर्बाद हुने र त्यतिबेला पनि सेना प्रहरीले होल्ड गर्न नसक्ने बताए । 

    “देशका समस्या समाधान नगरी बन्दुकको बलमा गरिने निर्वाचनले नेपाल देशलाइ थप क्षतीतिर लैजाने भयानक खतरा पैदा हुँदै छ, त्यसबाट बचाउन आजको एक दिने बन्द सफल पारौं ! देशको हितमा ! दिन दुख गरौं !! अफ्ट्यारो नमानौं,” महासचिव आजादले सामाजिक सञ्जालमा लेखेका छन् । 

    आगामी फागुन २१ गते हुने प्रतिनि सभा निर्वाचन खारेजीका साथै स्वाधिन संयुक्त सरकार गठन लगायतका विभिन्न माग राखेर नेकपा बहमुतले आज नेपाल बन्दको आहवान गरेको छ । देशका अधिकांश स्थानमा बन्दको प्रभाव परेको छ भने स्कुल, विद्यालय तथा कलेजहरुले सूचना जारी गरेर आज पठनपाठन बन्द हुने जानकारी गराएका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार