मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

घाइते जेनजीको विवरण फागुन १५ भित्र उपलब्ध गराउन सरकारको निर्देशन

घाइते जेनजीको विवरण फागुन १५ भित्र उपलब्ध गराउन सरकारको निर्देशन

आइतबार, फागुन १० २०८२
आइतबार, फागुन १० २०८२
  • काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको विवरण फागुन १५ गतेभित्र उपलब्ध गराउन स्वास्थ संस्था (अस्पताल) लाई निर्देशन दिएको छ । 

    जेनजी आन्दोलनका क्रममा छुट घाइते भएकाहरुको विवरण उपचारमा संलग्न सबै स्वास्थ संस्थालाई तत्काल मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिइएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । 

    जनेजी आन्दोलनका घाइतेहरुको उपचार र राहतलाई प्रभावकारी बनाउन गठित समन्वय समितिले यही फागुन १५ गते भित्र घाइतेको विवरण उपलब्ध गराउने निर्णय अनुसार मन्त्रालयले सबै स्वास्थ संस्थालाई निर्देशन दिएको हो । 

    घाइतेहरुको सूचीकरण, वर्गीकरण, पुनः वर्गीकरण सम्बन्धी कार्य समयमा सक्नका लागि यही फागुन १ गतेदेखि १५ गतेभित्र विवरण उपलब्ध गराउन भनिएको हो । फागुन १५ गते भित्र आएका निवेदन उपर घाइतेको अन्तिम नामावली सार्वजनिक गरिने प्रवक्ता बुढाथोकीले बताए । 

    उनका अनुसार हालसम्म २०० जना घाइतेको मात्रै वर्गीकरण विवरण उपलब्ध भएको छ । जेनजी प्रदर्शनका क्रममा धेरै घाइते भए पनि सामान्य घाइते भएकाहरुलाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएको हुनसक्ने उनले बताए । 

    सरकारले जेनजी प्रदर्शनका क्रममा अति गम्भीर वर्गीकरणमा परेका र ती घाइतेलाई स्याहार गर्नेलाई मासिक रु ९ हजार गम्भीर घाइतेलाई मासिक रु ९ हजार र मध्यम घाइतेलाई मासिक रु ४ हजार उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता बुढाथोकीले जानकारी दिए । 

    उनका अनुसार जेनजी प्रदर्शनको क्रममा २ हजार ५९९ जना घाइते भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार