काठमाडौं । रौतहटको गौरमा दुई समुदायबीचको द्धन्द्ध समाधानका लागि सद्भावना र्याली निकालिने भएको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी निदेश सागर भुसालले आयोजना गरेको सर्वदलीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो ।
सर्वदलीय बैठकले रौतहट जिल्लाभर धार्मिक, सामाजिक–सांस्कृतिक सद्भाव कायम गर्न तथा सार्वजनिक शान्ति कायम गर्न र रौतहट जिल्लाबाट धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिने उद्देश्यले भोलि मिति २०८२।११।११ गते बिहान ७ः३० बजे नागरिक समाजको अगुवाइमा सरोकारवाला सबैलाई सहभागी गराई सबगढामा सद्भाव र्याली गर्ने निर्णय गरेको हो ।



