धनगढी । आगामी फागुन २१ गते हुने प्रतनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बैतडीस्थित झुलाघाट नाका तीन दिन बन्द हुने भएको छ ।
मतदान हुनु भन्दा ७२ घण्टा अघिदेखि सिमा बन्द गरिनेछ । झुलाघाट नाका फागुन १८ गते राती १२ बजेदेखि फागुन २१ गते राती १२ बजेसम्म बन्द रहने डोटीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरिहत एवम् शान्तिपूर्ण बनाउन भारतसँग जोडिएको सिमामा सुरक्षा सतर्कता बढाइएको छ भने सशस्त्र प्रहरीका बीओपीमार्फत् निगरानी कडा पारिएको छ ।
त्यस्तै सो अवधिमा तल्लोसोराड क्षेत्रमा महाकाली नदीका घाटबाट डुंगामार्फत् हुने आवतजावत पनि बन्द हुने जनाइएको छ ।
