मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

अमेरिका–इजरायल र इरान युद्ध

अमेरिका र इजरायलले गरे इरानमा सैन्य आक्रमण

अमेरिका र इजरायलले गरे इरानमा सैन्य आक्रमण

शनिबार, फागुन १६ २०८२
शनिबार, फागुन १६ २०८२
  • काठमाडौं । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि–एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् ।

    यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो र निर्णायक सैन्य कारबाही मानिएको छ। 

    इजरायली सेना (आइडीएफ) ले यस अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ। यो कारबाही इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक क्षेप्यास्त्र क्षमतालाई ध्वस्त पार्ने उद्देश्यले गरिएको इजरायली रक्षा मन्त्रालयले दाबी गरेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलाई ‘इरानमा प्रमुख लडाइँ अपरेसनहरू’ भन्दै इरान समर्थित सैन्य संरचना, हतियार भण्डारण केन्द्र तथा रणनीतिक आधारहरू निशाना बनाइएको उल्लेख गरेका छन् । 

    इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब सहरमा रहेको एक प्राथमिक बालिका विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा परी पाँच जना विद्यार्थीको मृत्यु भएको छ ।

    इरानी सरकारी समाचार एजेन्सी इरनाका अनुसार निर्दोष बालिकाहरू पढिरहेको विद्यालयलाई निशाना बनाइएपछि इरानभित्र आक्रोश चुलिएको छ। यसैबिच इरानले इजरायलमाथि मिसाइलको नयाँ लहर प्रहार गरेको छ, जसका कारण तेल अभिभसहित इजरायलका विभिन्न सहरमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्।

    इजरायली सेनाले इरानबाट ठूलो संख्यामा मिसाइलहरू प्रहार भएको पुष्टि गर्दै देशभर चेतावनीका साइरनहरू बजाएको छ। सेनाले आफ्ना वायुसेनाका विमानहरूले ती मिसाइललाई आकाशमै नष्ट गर्ने प्रयास गरिरहेको बताए पनि सुरक्षा पूर्ण रूपमा अभेद्य नरहेको स्वीकार गरेको छ। 

    इजरायलले आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा रहन होम फ्रन्ट कमाण्डु को निर्देशन कडाइका साथ पालना गर्न आग्रह गरेको छ। यता कतारको राजधानी दोहामा पनि दोस्रो चरणको आक्रमणका क्रममा नयाँ विस्फोटहरू सुनिएका छन्। कतारको रक्षा मन्त्रालयले आफ्नो भूमिमा लक्षित सबै मिसाइलहरूलाई खसालेको दाबी गरेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार