मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

यूएईमा मारिएका नेपालीको परिचय खुल्यो 

यूएईमा मारिएका नेपालीको परिचय खुल्यो 

सोमबार, फागुन १८ २०८२
सोमबार, फागुन १८ २०८२
  •  काठमाडौं । इरानी आक्रमणमा परी यूएईमा मारिएका नेपाली युवकको परिचय खुलेको छ । 

    यूएईस्थित नेपाली राजदूतावासले आज एक विज्ञप्ति जारी गर्दै मारिने नेपाली नागरिका गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको जानकारी दिएको छ । दूतावसका अनुसार दिवस मिडल इस्ट कम्पनीमा सेक्यूरिटी गार्डको रुपमा कार्यरत थिए । 

    अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्कृय पार्ने क्रममा दिवसको मृत्यु भएको हो । परिस्थिति सहज भए पश्चात् स्व. श्रेष्ठको पार्थिव शरिर यथाशिघ्र फिर्ता लैजाने लगायतका सम्पूर्ण कार्यमा सहजीकरण गर्न राजदूतावास तयार रहेको जनाइएको छ । 

    दूतावासले संवेदनशील अवस्थामा यूएईमा रहेका समपूर्ण नेपालीलाई संयम्ता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

    644195426_1533834595423415_1481195092507907553_n.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार