काठमाडौं । भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर अर्शदीप सिंहलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जरिवाना गरेको छ।
शनिबार साँझ भएको टी– २० विश्वकपको न्युजिल्यान्डविरुद्धको फानल खेलको ११ औँ ओभर चलिरहँदा अर्शदीप बलिङमा आएका थिए । त्यसबेला ब्याटिङमा न्युजिल्यानडका डेरिल मिचेल थिए । अर्शदीपले बलिङ गरेपछि मिचेलले ब्याटिङ गरेर गएको बल अर्शदीको हातमा गएको थियो । अर्शदीपले फिल्डिङ गर्दै बल फ्याक्ने क्रममा आक्रामक रुपमा फाल्दा बल स्टम भन्दा अली पर रेहका ब्याटर मिचेलको प्याडमा लागेको थियो ।
अर्शदीपले फालेको बल आफ्नो प्याडमा लागेपछि एक छिन नोकझोक चलेको थियो भने मिचेले एम्पाएरसँग आएर केही बेर कुरा गरेका थिए । त्यसपछि भारतीय कप्तान सुर्य कुमार यादवले मिचेलसँग कुरा गरेर हात समेत लिएका थिए । त्यसपछि ओभरको समाप्तिमा अर्शदीपले पनि आफ्नो गल्ती स्वीकार गर्दै ब्याटर मिचेलसँग हात मिलाएका थिए ।
अर्शदीपको सोही व्यवहारलाई लिएर आईसीसीले आचारसंहिता उल्लङ्घन भएको ठहर गरेको हो। सो घटनापछि आईसीसीले उनलाई म्याच शुल्कको १५ प्रतिशत जरिवाना लगाएको जनाएको छ।
आईसीसीको कारबाहीसँगै अर्शदीपको अनुशासन रेकर्डमा एक डिमेरिट अंक समेत थपिएको छ। खेलपछि उनले आफ्नो गल्ती स्वीकार गरेकाले थप कारबाही आवश्यक नपरेको आईसीसीले जनाएको छ।
आईसीसीको आचारसंहिता अनुसार खेलका क्रममा खेलाडीले प्रतिद्वन्द्वीप्रति असभ्य वा खतरनाक व्यवहार देखाएमा यस्तो कारबाही हुने व्यवस्था छ।
