काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।
बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
प्रवक्ता पोखरेलका अनुसार भण्डारी नेतृत्वको आयोगमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक गणेश केसी र चटर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन् ।
यो आयोग२०६२–६३ पछि सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्त कर्मचारीहरुको सम्पत्ति विवरण संकलन प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो ।
