मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

राजनीति

गृहमन्त्री सुदनलाई बर्खास्त गरी तत्काल पक्राउ गर्न जेनजी मुभमेन्टको माग 

गृहमन्त्री सुदनलाई बर्खास्त गरी तत्काल पक्राउ गर्न जेनजी मुभमेन्टको माग 

सोमबार, वैशाख ७ २०८३
सोमबार, वैशाख ७ २०८३
  • काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुदन गुरुङलाई बर्खास्त गरी तत्काल पक्राउ गर्न माग गरेको छ । 

    गृहमन्त्री सुदन पदमा रहँदा निष्पक्ष छानबिन नहुने भन्दै जेनजी मुभमेन्टले गुरुङलाई बर्खास्त गरेर तत्काल पक्राउ गरी अनुसन्धान गर्न माग गरहेको छ । पदमै बसेर छानबिन गर्न सम्भव नभएको बताउँदै कन्फिलिक्ट अफ इन्ट्रेष्ट हुने र यसले न्याय पक्रियामाथि नै गम्भीर प्रश्न उठाउने तर्क गरिएको छ । 

    जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्धारा जारी विज्ञप्तिमा मन्त्री पदको ओहोदामा रहेर आफ्नैविरुद्ध छनबिन हुन नसक्ने र यो आधारभूत नैतिकता र कानूनी सिद्धान्तविरुद्ध भएको बताइएको छ । 

    त्यसैगरी बालेन्द्र शाह नेतृत्वको सरकारलाई लक्षित गर्दै मुभमेन्टले क्याबिनेट गठन र मन्त्री नियुक्तिमा परिपक्वता, दूरदर्शी र जवाफदेही देखाउन आग्रह गरेको छ । हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र हटाउने प्रवृत्ती अस्वीकार्य रहेको उल्लेख गरिएको छ । 

    मुभमेन्टले वर्तमान सरकारलाई ७६ जना सहिदहरुको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधि भन्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी समेत दिएको छ । सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने उल्लेख गरिएको छ । 

    गृहमन्त्री सुदन गुरुङको विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी रहेको विषय बाहिरिएपछि उनको  अहिले चौतर्फी आलोना भैरहेको छ भने राजीनामा माग गर्दै निष्पक्ष छानबिनको माग गरिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार