एजेन्सी । इन्डोनेसियाको पूर्वी प्रान्त दक्षिणी सुलावेसीमा लामो समयदेखि परेको पहिरो र बाढीका कारण सात जनाको मृत्यु भएको छ ।
बिहीबार साँझदेखि यस प्रदेशका छ वटा क्षेत्रमा बाढी र पहिरो गएको र प्रादेशिक राजमार्गका केही भाग डुबानमा परेकाले ठूलो ट्राफिक जाम भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दक्षिण सुलावेसी प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख अम्सन पान्डोलोलेका अनुसार मृत्यु हुनेहरुमा लुउको क्षेत्रको लातिमोजोङका स्थानीयहरु रहेका छन् ।
बाढी पहिरोका कारण क्षती भएका घर र सार्वजनिक भवनहरुको संख्या एकिन भैनसकेको र उद्धारकर्ताहरुले राहत तथा उद्धार कार्य जारी राखेको जनाइएको छ ।
