मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी विशेष दूत गोरले गरे शिष्टाचार भेट 

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी विशेष दूत गोरले गरे शिष्टाचार भेट 

शुक्रबार, वैशाख १८ २०८३
शुक्रबार, वैशाख १८ २०८३
  • काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग अमेरिकी दक्षिण तथा मध्य एशिया मामिलाका लागि विशेष दूत सर्जियो गोरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    विशेषदूत गोरले शुक्रबार सिंहदरबारस्थित मन्त्री खनालको कार्यालयमा पुगेर भेटवार्ता गरेका हुन् । भेटका क्रममा लगानी र व्यापार प्रवद्र्धन गर्न जोड दिँदै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

    विशेष दूत गोरले आजै अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग पनि भेटवार्ता गरेका छन् । भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदार र विकास सहायताका विविध विषयमा छलफल भएको जनाइएको छ । 

    गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधान सेनापतिसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । विशेष दूत गोर तीन दिने नेपाल भ्रमणको लागि हिजो काठमाडौं आइपुगेका हुन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार