मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

विश्वकप लिग– २

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित 

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित 

शुक्रबार, वैशाख १८ २०८३
शुक्रबार, वैशाख १८ २०८३
  • काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गतको आजको खेलमा यूएईविरुद्ध घरेलु टोली नेपालले ६ रनको रोमाञ्चक जित निकालेको छ । 

    त्रिवि क्रिक्रकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतीमा २८९ रनको योगफल तयार गरेको थियो । वर्षाका कारण खेल प्रभावित भएपछि डीएल मेर्थडअनुसार ३८ ओभरमा झारिएको खेलमा २५५ रनको लक्ष्य पाएको यूएईले निर्धारित ३८ ओभरमा ८ विकेटको क्षतीमा २४८ रन मात्रै बनाउन सक्यो । 

    अन्तिम ओभरसम्म पुगेको खेलमा यूएईलाई जितका लागि १४ रनको आवश्यकता थियो । नेपालको तर्फबाट अन्तिम ओभरमा नन्दन यादवले कसिलो बलिङ गे । पहिलो बलमा चौका खाएका नन्दनले दोस्रो बलमा यूएईका ब्याटर तनविरलाई आउट पारे भने तेस्रो अर्का ब्याटर पनि रन आउट हुन पुगे । 

    अन्तिम २ बलमा यूएईलाई ७ रनको आवश्यकता थियो तर नन्दनले दुवै बल डट फाल्नै खेल नेपालको पोल्टामा पार्न सफल भए । यूएईका लागि यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ६५ रन बनाए भने बैजन बिन तनविरले ४९ रनको योगदान दिए । 

    त्यस्तै अर्पित सिंहले ४१, आकाशनाथ दिपले ३६ र अक्षदीप नाथले ३६ रनको योगदान दिए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट चकाउँदा सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट लिए । 

    पहिला ब्याटिङ गरेको नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका थिए । ९४ बलको सामना गरेका ऐरीले १३ चौका र एक छक्काको मदतमा एक सय रन पूरा गरेर रन आउट भए । त्यस्तै नेपालका ओपनर विनोद भण्डारीले ५६ रनको योगदान दिँदा गुल्सन झा ४४ र कप्तान रोहित कुमार पौडेल ३९ रन बनाएर आउट भए । 

    यूएईका लागि अजय कुमार र जुनय सिद्धिकिले समान २–२ विकेट लिए भने हैदर अली र खुजाइमा तनवीरले समान एक–एक विकेट लिए । यस अघि भएको खेलमा पनि नेपाल यूएईविरुद्ध १७ रनले विजयी भएको थियो । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार