काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति, तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आज बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढेर सुनाएका हुन् । नीति तथा कार्यक्रम मार्फत् सरकारले सरकारले सुशासन, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई केन्द्रमा राख्दै नयाँ वित्तीय र प्रशासनिक मोडलहरू पनि घोषणा गरेको छ।
त्यसैगरी नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने ‘रिमोट वर्क’ नीतिको कानुनी व्यवस्था गर्ने घोषणा गरिएको छ। यसका लागि सूचना प्रविधि निर्यात गर्ने कम्पनीहरूलाई कर प्रोत्साहन र वित्तीय सहुलियत प्रदान गरिनेछ।
हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठः
