मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरण : दोषी ठहर भएकाहरुमध्ये कसलाई कति सजाय ? 

नक्कली भुटानी शरणार्थी प्रकरण : दोषी ठहर भएकाहरुमध्ये कसलाई कति सजाय ? 

प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो

मंगलबार, असार ३० २०८३
मंगलबार, असार ३० २०८३
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहरीएकाहरुलाई काठमाडौं जिल्ला अदालतले सजाय निर्धारण गरेको छ । 

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलाशले प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो । २३ असारमा अदालतले प्रतिवादी ३१ मध्ये १६ जनालाई दोषी ठहर, ७ जनालाई सफाई र ८ जनाको मुद्दा मुल्तवीमा राख्ने आदेश गरेको थियो ।

    यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई मुख्य कसुरदार ठहरिएका छन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाण र शरणार्थी नेता टेकनाथ रिजालसहितका व्यक्तिहरू मतियारका रूपमा दोषी ठहर भएका छन् ।

    अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादीका कानुन व्यवसायीहरूलाई समेत सोही मितिको जानकारी दिई सजाय पूर्वको प्रतिवेदन र अन्य आवश्यक प्रक्रिया पूरा गर्न आदेश दिएको छ । 

    काठमाडौं जिल्ला अदालतको यो फैसलाविरुद्ध थुनामा रहेका र बाहिर रहेका कसुरदारले अब उच्च र सर्वोच्चमा पुनरावेदन गर्न पाउनेछन् ।


    हेर्नुहोस् कसलाई कति सजाय तोकियो ? 

    -1472026042112-1000x0.jpg
    -1472026042145-1000x0.jpg

    -1472026042206-1000x0.jpg-1472026042226-1000x0.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार