धनगढी । कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको गौगरीगंगा नगरपालिका– ५ लालिगुराँस टोली ४१ वर्षीया लक्ष्मी सिजापती रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराका अनुसार घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्ने क्रममा माटोको ढिस्कोमा च्यापिएर लक्ष्मीको मृत्यु भएको हो ।
उनको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
