मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

कूटनीतिक सम्बन्ध

नेपाल र ग्रेनाडाबीच कूटनीति सम्बन्ध स्थापना

नेपाल र ग्रेनाडाबीच कूटनीति सम्बन्ध स्थापना

बुधबार, असोज ७ २०८३
बुधबार, असोज ७ २०८३
  • नेपाल र ग्रेनाडाबीच औपचारिक रुपमा कूटनीति सम्बन्ध स्थापना भएको छ ।

    संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्र मन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नोवालले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धि संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

    हस्ताक्षर हुनुअघी दुवै देशका मन्त्रीहरुबीच आपसी हितका विषयमा विचार विमर्श भएको थियो ।

    सो क्रममा दिगो विकासका लक्ष्य हासिल गर्ने दिशा तीव्र बनाउन तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न सहकार्यको महत्त्वमा जोड दिइएको थियो ।

    योसँगै नेपालले कूटनीति सम्बन्ध स्थापना गरेका देशको संख्या १८६ पुगेको छ । यस यही सेप्टेम्बर १४ मा नेपालले माइक्रोनेसिया र सेप्टेम्बर १ मा गिनी बिसाउसँग कुटनितिक सम्बन्ध स्थापना गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार