मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

जिबी राईलाई अघिल्लो सरकारले भगायो भन्नु बेतुकको कुरा हो : प्रधानमन्त्री प्रचण्ड

जिबी राईलाई अघिल्लो सरकारले भगायो भन्नु बेतुकको कुरा हो : प्रधानमन्त्री प्रचण्ड

संकटग्रस्त सहकारीबारे अध्ययन गर्न समिति बनाउन सकिने प्रधानमन्त्री प्रचण्डको भनाई

आइतबार, वैशाख ३० २०८१
आइतबार, वैशाख ३० २०८१
  • काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिबी राईलाई अघिल्लो सरकार र प्रधानमन्त्रीले भगायो भन्ने कुरा बेतुकको तर्क रहेको बताएका छन् । 

    आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले शनिबार चितवनमै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै कसैले पनि कुतर्क गर्न नहुने बताए । 

    उनले भने, “वाहियात कुरा हो त्यो, कुतर्क कसैले पनि गर्नुहुँदैन् । जिबी राईलाई सरकारमा ल्याउनुपर्छ भन्ने कुरामा सरकार स्पष्ट छ । तयो पास्पोर्टको इस्युले गर्दा अलिकति समस्या भएको छ । त्यसलाई हल गर्न खोजिदैँछ । अघिल्लो सरकारले, प्रधानमन्त्री र गृहमन्त्रीले भगायो भन्ने बेतुकका कुरा हुन् ।”

    संकटग्रस्त सहकारीबारे अध्ययन गर्न समिति बनाउन सकिने प्रधानमन्त्री प्रचण्डको भनाई रहेको छ । यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले गृहमन्त्री रवि लामिछानेमाथि छानबीनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै संसद् अवरोध गर्दै आइरहेको छ । 

    संसदमा कांग्रेस लगायतका प्रतिपक्षी दलहरुले गृहमन्त्री लामिछाने जोडीएको सहकारी ठगी प्रकरणको अनुसन्धानको लागि संसदीय समिति गठनको माग गरिरहेको समयमा गृहमन्त्री लामिछानेले भने अघिल्लो सरकार र गृहमन्त्रीले जिबीराईलाई भगाएको आरोप लगाएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार