मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड 

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड 

नेपाल सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनमा पुग्न प्रतिबद्ध रहेको उनको भनाई

बुधबार, जेठ २ २०८१
बुधबार, जेठ २ २०८१
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी प्रक्रियालाई सरलीकरण गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति लिएको बताएका छन् । 

    नेपाल–युरोपेली संघबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवको अवसरमा बुधवार आयोजित ‘नेपाल–ईयू व्यापार मञ्च’ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार व्यवसायका लागि खुल्ला पन सुनिश्चित् गर्न प्रतिबद्ध रहेको बताए । 

    उनले भने, “सरकारले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढवा दिने नीति लिएको छ । बलियो आर्थिक संरचना सिर्जना गर्ने नेपालको नीतिले अन्तर्राष्ट्रिय साँझेदारी बढाउँछ, आर्थिक विकासमा विस्तारमा सहयोग गर्छ ।”

    गत महिनामा सफलतापूर्वक सम्पन्न लगानी– २०२४ मा विश्वका ५० भन्दा बढी देशहरुको उत्साहजन सहभागीता रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय समूदाय नेपालमा लगानी ल्याउन उत्सुक छ भन्ने सन्देश प्रवाह भएको बताए । वैदेशिक लगानी भित्र्याउने नेपालको सत्प्रयासमा युरोपेली संघका सदस्य मूलुकहरुसँग थप सहकार्य गर्न नेपाल तत्पर रहेको उनले बताए । 

    नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको वर्गबाट स्तरोन्नती हुने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरु हासिल गर्ने लक्ष्य लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यी लक्ष्य पूरा गर्नको लागि विदेशी साझेदारहरुबाट पर्याप्त मात्रामा लगानी र आवश्यक प्रविधि हस्तान्तरण हुनुपर्ने आवश्यकता औँल्याए । 

    “हाम्रा विकासका गतिविधिहरु राष्ट्रिय हित र विश्वव्यापी वातावरणीय लक्ष्यहरुसँग मिल्दाजुल्दा छन् । नेपाल पेरिस सम्झौताप्रति सधैँ प्रतिबद्ध छ, हाम्रा विकास योजना र कार्यक्रमहरुमा जलवायु कार्यलाई सक्रिय रुपमा समावेश गर्दै आएका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने । 

    स्रोत र क्षमताको अन्तर र जलवायु परिवर्तनले निम्त्याएका निरन्तरका चुनौतिका बाबजुत पनि नेपाल सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनमा पुग्न प्रतिबद्ध रहेको उनको भनाई रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार