मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

जति पटक लिनुपरे पनि विश्वासको मत पाउने प्रधानमन्त्री प्रचण्डको दाबी 

जति पटक लिनुपरे पनि विश्वासको मत पाउने प्रधानमन्त्री प्रचण्डको दाबी 

उनले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा ५/६ पटक विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने समेत बताए । 

शनिबार, जेठ ५ २०८१
शनिबार, जेठ ५ २०८१
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जति पटक लिनुपरे पनि आफुले विश्वासको मत पाउने दाबी गरेका छन् । 

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नेपाल कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु–ग्रन्थ–२, जनयुद्धका चिठी र कालिकोट स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त हुँदैनकी भन्ने चिन्ता नलिन आग्रह गरे । 

    उनले आफुले जेठ ७ गते विश्वासको मत लिन लागेको र विश्वासको मत पाउनेमा ढुक्क रहेको बताए । उनले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा ५/६ पटक विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने समेत बताए । 

    “यही ७ गतेको दिन विश्वासको मत लिँदैछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने अवस्था आएको भनेर कांग्रेसका एक जना नेताले भन्नु भएको थियो । अहिले चौथों पटक लिनु परेकाले पाँचौं, छैटौं पटक लिनुपर्ने होकी जस्तो देखिन्छ । तर, जति पटक विश्वासको मत लिनु परे पनि विश्वासको मत पाउने म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन्,” उनले भने ।  

    सरकारमा सहभागी भएको जनता समाजवादी नेपाल (जसपा) विभाजन पछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिनुको साथै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड पुनः विश्वासको मत लिन लागेका हुन् । यस अघि प्रधानमन्त्री नियुक्त भएपछि एमालेले गठबन्धन छोड्दा, रास्वपा सरकारबाट बाहिरिएपछि र फेरी गठबन्धन परिवर्तन हुँदा कांग्रेस सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले तीन पटक विश्वासको मत लिइसकेका छन् । 

    संसदमा आफू नेतृत्वको सरकारलाई समर्थन गर्ने सांसदहरुको संख्यामा घट्बढ भए पनि आफूले विश्वासको मत पाउनेमा विश्वस्त रहेको प्रधानमन्त्री प्रचण्डको भनाई रहेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार