मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सहकारी ठगी प्रकरण

सहकारी ठगी प्रकरणमा छानबीन गर्न संसदीय समिति बनाउने सहमति

सहकारी ठगी प्रकरणमा छानबीन गर्न संसदीय समिति बनाउने सहमति

समितिको सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियार, एमालेका महेश बर्ताैला र रास्वपाका शिशिर खनाल रहने

शनिबार, जेठ ५ २०८१
शनिबार, जेठ ५ २०८१
  • काठमाडौं । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहकारी ठगी प्रकरणका विषयमा छानबीन गर्न संसदीय समिति बनाउने सहमति जुटेको छ । 

    शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शिर्ष नेताहरु र नेपाली कांग्रेसका शिर्ष नेताहरुबीचको छलफलमा सहकारीको रकम अपचलनको विषयमा छानबीन गर्न संसदीय छानबीन समिति बनाउने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

    उनले भने, “आजको छलफलमा संसदीय छानबीन समिति बनाएर जाने विषयमा समान धारणा छ । संसदीय समितिको कार्यदिशा के हुने भन्ने भोली बिहानदेखि काम हुन्छ ।”

    उक्त समितिलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संयोजन गर्नेछन् । समितिको सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियार, एमालेका महेश बर्ताैला र रास्वपाका शिशिर खनाल रहनेछन् । 

    उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने समेत सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस विषयमा अनुसन्धान गर्नको लागि संसदीय छानबीनि समितिको माग गर्दै संसद अवरोध गर्दै आएको थियो । 

    कांग्रेसले आफ्नो अडान कायम राख्दै संसद् अवरोध गर्दै आएपछि प्रधानमन्त्री प्रचण्डले आज सत्ता गठबन्धन र प्रतिपक्षी दल कांग्रेसका नेताहरुसँग छलफल गरेर संसदीय छानबीन समिति बनाउने सहमति जुटाएका हुन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार