मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

हेलिकप्टर दुर्घटना 

इरानका राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर दुर्घटना 

इरानका राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर दुर्घटना 

राष्ट्रपति रइसीको अवस्थाका विषयमा पनि स्पष्ट जानकारी आइसकेको छैन्

आइतबार, जेठ ६ २०८१
आइतबार, जेठ ६ २०८१
  • एजेन्सी । इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन आमिरअब्दुल्ला हियान सवार हेलिकप्टर दुर्घटनामा परेको छ । 

    इरानी समाचार संस्थाका अनुसार राष्ट्रपति रइसी पूर्वी अजरबैजान प्रान्तमा एक बाँध उद्घाटनपछि तबरेज सहरतर्फ प्रस्थान गर्दै थिए । इरानका गृहमन्त्री अहमद वाहीदिले राष्ट्रपति रइसी र विदेशमन्त्री हियान उक्त हेलिकप्टरमा सवार रहेको पुष्टि गरेका छन् । 

    खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको आशंका गरिएको छ । राष्ट्रपति रइसीसवार सहित तीन वटा हेलिकप्टरसँगै भएपनि २ वटा हेलिकप्टर भने सकुशल अवतरण भएको समाचारमा जनाइएको छ । 

    हेलिकप्टरमा राष्ट्रपति रइसी र विदेशमन्त्री हियानसहित इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार रहेको उल्लेख गरिएको छ । 

    राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्सल्याण्डिङ गरेको समेत स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, यसको स्वतन्त्र पुष्टि भने भैसकेको छैन् । राष्ट्रपति रइसीको अवस्थाका विषयमा पनि स्पष्ट जानकारी आइसकेको छैन् । 

    घटनास्थलमा उद्धार र राहत टोली पठाइएको र खोजी कार्य जारी रहेको जनाइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार