मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत 

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत 

जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन भएपछि उपेन्द्र यादव पक्ष सरकारबाट बाहिरिनुको साथै समर्थत समेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनु परेको

सोमबार, जेठ ७ २०८१
सोमबार, जेठ ७ २०८१
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथो पटक विश्वासको मत पाएका छन् । 

    प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा भएको मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिन आजको बैठकमा प्रस्तुत गरेको प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको हो । 

    १६ महिने कार्यकालमा प्रधानमन्त्री प्रचण्डले यो चौथो पटक विश्वासको मत लिएका हुन् । मतदानमा सहभागी भएका १५८ जना सांसद मध्ये प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत परेको थियो भने १ मत तटस्थ रह्यो । 

    प्रधानमन्त्री प्रचण्डलाई उनकै दल नेकपा (माओवादी केन्द्र) सहित सत्ता गठबन्धनमा रहेका अन्य दलहरु नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र अशोक राईको नेतृत्वमा रहेको समाजवादी पार्टीले विश्वासको मत दिएका हुन् । 

    संसद्को सबै भन्दा ठूलो दल नेपाली कांग्रेस भने मतदानमा सहभागी भएन् । उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र उनीमाथि छानबीन गर्न संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले आजको बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरेको थियो । 

    प्रतिपक्षी दलको नाराबाजीका बाबजुत सभामुख देवराज घिमिरेले संसद्को कारबाही अगाडी बढाएका थिए । मत विभाजनपछि सभामुख घिमिरेले उक्त मत सुनाएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । 

    जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन भएपछि उपेन्द्र यादव पक्ष सरकारबाट बाहिरिनुको साथै समर्थत समेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनु परेको हो । यस अघि प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री पदमा नियुक्त भएपछि पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए । 

    सत्ता गठबन्धनमा फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले  २०७९ चैत्र ६ गते दोस्रो पटक, २०८० फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यस्तै उनले २०८० फागुन ७ (आज) चौथो पटक विश्वासको मत प्राप्त गरेका हुन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार