मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पक्राउ पुर्जी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

सहकारी ठगी सम्बन्धी समाचारलाई रोक्न बल्याक्मेलिङ गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्न लगाइएको सिरोहियाको दाबी

मंगलबार, जेठ ८ २०८१
मंगलबार, जेठ ८ २०८१
  • काठमाडौं । कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    प्रहरी उच्च स्रोतका अनुसार जिल्ला अदालत धनुषाबाट सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    सिरोहियाले एक विज्ञप्ति जारी गर्दै २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको र त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपी लिएको तर दुईवटा नागरिकता नलिएको दाबी गरेका छन् ।

    उनले सहकारी ठगी सम्बन्धी समाचारलाई रोक्न ब्ल्याक्मेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूविरुद्ध उजुरी गर्न लगाएर सोधपुछ समेत नगरि पक्राउ पुर्जी जारी गरिएको बताएका छन् ।

    आफू विरुद्ध दोहोरो नागरिकता लिएको जाहेरी परेपछि सिरोहियाले सर्वोच्च अदालतमा निषेधको आदेशको माग गर्दै रिट दर्ता गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार