मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पक्राउ

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

मंगलबार, जेठ ८ २०८१
मंगलबार, जेठ ८ २०८१
  • काठमाडौं । कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।

    उनलाई प्रहरीको टोलीले केहीबेर अघि थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेर सिरोहियालाई पक्राउ गरेको हो ।

    सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनलाई प्रहरीले आज पक्राउ गरेको हो ।

    उनले सहकारी ठगी सम्बन्धी समाचारलाई रोक्न ब्ल्याक्मेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूविरुद्ध उजुरी गर्न लगाएर सोधपुछ समेत नगरि पक्राउ पुर्जी जारी गरिएको बताएका छन् ।

    आफू विरुद्ध दोहोरो नागरिकता लिएको जाहेरी परेपछि सिरोहियाले सर्वोच्च अदालतमा निषेधको आदेशको माग गर्दै रिट दर्ता समेत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार