मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

गौतम बुद्धको २५६८ औं जन्मजयन्ती

शान्तिका अग्रदूत गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री

शान्तिका अग्रदूत गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री

बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जाने प्रधानमन्त्री प्रचण्डको भनाई

बिहीबार , जेठ १० २०८१
बिहीबार , जेठ १० २०८१
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय भएको बताएका छन् । 

    गौतम बुद्धको २५६८ औं जन्मजयन्तीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उनका विचारहरू विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका बताएका छन् । 

    नेपालको भूमिमा जन्म लिएका शान्तिका अग्रदुत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको प्रधानमन्त्री प्रचण्डले बताए । मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि गौतम बुद्धले गरेको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीहरूका लागि विशेष ऐतिहासिक गौरवका विषय भएको उनले बताए । 

    बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जाने प्रधानमन्त्री प्रचण्डको भनाई रहेको छ । 

    445203012_973984427425287_3389149121933140771_n.jpg

      

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार