मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

शिक्षा

ईसीडी शिक्षा सुधारको माग गर्दै ९ दिन देखि माइतीघरमा उभिएर सरकारलाई दबाब दिइरहेका चापागाईं 

ईसीडी शिक्षा सुधारको माग गर्दै ९ दिन देखि माइतीघरमा उभिएर सरकारलाई दबाब दिइरहेका चापागाईं 

चापागाईंले जारी राखेको यस आन्दोलनमा नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले ऐक्यबद्धता जनाएको

बिहीबार , जेठ १० २०८१
बिहीबार , जेठ १० २०८१
  • काठमाडौं । प्रारम्भिक बालविकास शिक्षा (ईसीडी) र त्यसमा कार्यरत सहजकर्ता (शिक्षक) को व्यवस्थापनको विषयलाई लिएर नेपाल समाजवादी पार्टी (नेसपा) निकट विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनले विगत ९ दिनदेखि काठमाडौंको माइतीघरमा धर्ना दिइरहेको छ । 

    नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले ९ दिनदेखि दैनिक ८ घण्टा माइतीघरमा उभिएर सरकारलाई दबाब दिइरहेका छन् । आज पनि चापागाईंले बिहान १० बजेदेखि माइतीघरमा उभिएर धर्ना दिइरहेका छन् । 

    धर्नाको पाचौं दिनमा शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री सुमना श्रेष्ठले धर्नामा बसेका अध्यक्ष चापागाईंलाई भेट्न माइतीघरमै पुगेकी थिइन् । भेटमा मन्त्री श्रेष्ठले जायज माग भएको भन्दै यसमा आफ्नो ध्यानाकर्षण भएको बताएकी थिइन् । 

    ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने मूल नारासहित चापागाईंले ईसीडीलाई तीन नहको बनाइनुपर्ने, ईसीडीका शिक्षक र शिक्षीकाको योग्यता सुविधा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइनुपर्ने, दिवा खाँजाको रकम बढाइनु पर्ने लगायतका विभिन्न ५ वटा माग राखेर माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।  

    चापागाईंले जारी राखेको यस आन्दोलनमा नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले ऐक्यबद्धता जनाएको छ । समितिकी अध्यक्ष कृष्णाकुमारी थापा मगरले एक विज्ञप्ति जारी गरेर बालबिकासमा कार्यकार ७७ जिल्लाका बालविकास शिक्षकहरुलाई २ बजेपछि आफ्नो विद्यालयमा आधा घण्टा उभिएर धर्ना दिन समेत निर्देशन दिएकी छन् । 

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार