एजेन्सी । यौन शोषणको आरोप लागेका जेडीएस सांसदसमेत रहेका प्रज्वल रेवन्नालाई कर्नाटक प्रहरीले गिरफ्तार गरेको छ ।
भारतिय पुर्वप्रधानमन्त्री एच.डी देवेगौंडाका नातिसमेत रहेका रेवन्नालाई कर्नाटक प्रहरीको एसआईटीले ब्याङ्लोर विमानस्थलबाटै गिरफ्तार गरेको हो ।
उनिमाथि कयौं महिलामाथि यौन शोषण गरेको र त्यसको भिडियो बनाएर ब्ल्याकमेल समेत गरेको आरोप लागेको छ । यस अघि उनि जर्मनीमा लुकेर बसेका थिए ।
