धनगढी । दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको अपिहिमाल गाउँपालिका– ३ राताभिटाका २४ वर्षीय मिलन कार्की रहेका छन् । मिलन सोही ठाउँको काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार यार्सागुम्बा टिप्न वनमा गएका मिलनको लडेर शुक्रबार बेलुकी मृत्यु भएको हो ।
