काठमाडौं । महानगर पालीकाले २५८ जना नगर प्रहरी जावान माग गरेको छ ।
महानगरले आज एक सूचना जारी गर्दै २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी जवान माग गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानमा वैकल्पिक सूचीमा समावेश भएकाहरुलाई आवेदन दिन महानगरले आग्रह गरेको छ ।
वैकल्पिक उम्मेदवारहरुमध्ये इच्छुक उम्मेदवारले ७ दिनभित्र काठमाडौं महानगरपालिका, प्रशासन विभागमा दरखास्त पेश गर्न महानगरले आग्रह गरेको छ ।
