मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

जरिवाना

दिल्लीका कप्तान ऋषभ पन्तलाई १२ लाख रुपैयाँ जरिवाना, यस्तो छ कारण ? 

दिल्लीका कप्तान ऋषभ पन्तलाई १२ लाख रुपैयाँ जरिवाना, यस्तो छ कारण ? 

चेन्नई विरुद्धको खेलमा स्लो ओभर रेट (निर्धारित समय भन्दा ढीलो बलिङ सकेपछि) उनलाई जरिवाना गरिएको हो । 

बागीपाेस्ट संवाददाता
सोमबार, चैत १९ २०८०

एजेन्सी । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारु जरिवाना गरिएको छ । 

आइपिएल २०२४ अन्तर्गत आइतबार राती चेन्नई सुपर किंग्सविरुद्धको खेलमा आचारसंहिता उल्लंघन गरेको आरोपमा दिल्लीका कप्तान पन्तलाई १२ लाख रुपैयाँ भारु जरिवाना गरिएको हो । चेन्नई विरुद्धको खेलमा स्लो ओभर रेट राखेपछि (निर्धारित समय भन्दा ढीलो बलिङ सकेपछि) उनलाई जरिवाना गरिएको हो । 

दिल्लीले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । गएराती विशाखापट्टनमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ थालेको चेन्नई सुपर किंग्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो । 

आईपीएल टोलीले खेलमा स्लो ओभर रेट राखेपछि टोलीका कप्तानलाई जरिवाना लगाइएको यो दोस्रो घटना हो। गत मंगलबार चेन्नईको चिदम्बरम स्टेडियममा चेन्नई सुपर किंग्स विरुद्धको खेलमा यस्तै गल्ती गरेका कारण गुजरात टाइटन्सका कप्तान शुभमन गिल पनि जरिवानामा परेका थिए । गिललाई पनि १२ लाख भारु नै जरिवाना तोकिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार