मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

हमास–इजरालय युद्ध

प्यालेस्टिनीमाथिको नरसंहार अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन 

प्यालेस्टिनीमाथिको नरसंहार अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन 

पछिल्ला विवरण अनुसार युद्ध सुरु भएयता गाजामा ३६ हजार मानिस मारिएका छन् । 

शनिबार, जेठ १९ २०८१
शनिबार, जेठ १९ २०८१
  • काठमाडौं । इजरायलले प्यालेस्टिनीमाथि निरन्तर रुपमा गरिरहेको नरसंहार अन्त्यको माग गर्दै काठमाडौंको माइतीघरमा विरोश प्रदर्शन भएको छ । 

    विभिन्न अधिकारकर्मी, लेखक, साहित्यकार, कलाकार र विभिन्न क्षेत्रका युवाहरुले सहभागी भएर शनिबार साँझ माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । सहभागी भएकाहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गर्नुको साथै प्यालेस्टाइनको समर्थनमा दीप प्रज्वलन गरेका हुन् । 

    गत अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेयता इजरायलले निरन्तर रुपमा गाजामा आक्रमण गरिरहेको छ । पछिल्ला विवरण अनुसार युद्ध सुरु भएयता गाजामा ३६ हजार मानिस मारिएका छन् । 

    अनाहकमा मारिनेमा अधिकांश बालबालिका, महिला र जेष्ठ नागरिक रहेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार