सुर्खेत । दैलेखमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको नेपा आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०ः३० बजे दैलेख केन्द्रविन्दु भएर भूकम्प गएको हो । दैलेखसहित आसपासका जिल्लाहरुमा पनि भूकम्पको महसुस भएको थियो ।
गएराती लमजुङको ताँजेगाउँ केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।
