मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

हुरी

हुरीले ढालेको रुखमा च्यापिएर एक जनाको मृत्यु 

हुरीले ढालेको रुखमा च्यापिएर एक जनाको मृत्यु 

मंगलबार, जेठ २२ २०८१
मंगलबार, जेठ २२ २०८१
  • काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा हावा, हुरीले रुख ढल्दा च्यापिएर एक जनाको मृत्यु भएको छ । 

    जिल्लाको मध्यविन्दु नगरपालिका १२ मा हुरीले ढलेको रुखमा च्यापिएर सोही ठाउँका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको हो । ठुलो पोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका थापाको आज बिहान हुरीले ढालेको रुखमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । 

    वनमा उद्धार गर्न गएका सुरक्षाकर्मीले उनलाई मृत अवस्थामा फेला पारेका हुन् ।  थापाको शव परीक्षणका लागि मन्ध्यविन्दु अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार