मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

विश्वकप क्रीकेट

नेदरल्यान्ड्सविरुद्ध नेपालको खाराब ब्याटिङ, गुमायो छैटौं विकेट

नेदरल्यान्ड्सविरुद्ध नेपालको खाराब ब्याटिङ, गुमायो छैटौं विकेट

मंगलबार, जेठ २२ २०८१
मंगलबार, जेठ २२ २०८१
  • काठमाडौं । आईसीसी टी- २० विश्वकप क्रीकेट प्रतियोगितामा नेदरल्यान्ड्सविरुद्ध नेपालले छैटौं विकेट गुमाएको छ ।

    टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १३ औं ओभरमा छैटौं विकेट गुमाएको हो । नेपालका सोमपाल कामी छैटौं विकेटको रुपमा शून्य रनमा आउट भए ।

    छौथो विकेटको रुपमा कुशल मल्ल ९ र पाँचौ विकटको दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भए । नेपालले तेस्रो विकेटको रुपमा अनिल साहको विकेट गुमाएको हो । अनिलले दुई चौकाको मद्दतमा ११ रन जोडेर आउट भए ।

    यस अघि नेपाल ओपनरद्द्य आशिफ शेख ४ र कुशल भुर्तेल ७ रन जोडेर आउट भएका थिए । १५ ओभरको समाप्तिमा नेपालले ६ विकेटको क्षतीमा ७५ रन जोडेको छ ।

    क्रीजमा कप्तान रोहित कुमार पौडेल ३४ रन बनाएर खेलिरहेका छन् । उनलाई गुल्शन झाले साथ दिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार