मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

विश्वकप क्रिकेट

नेपालले नेदरल्याण्ड्सलाई दियो १०७ रनको लक्ष्य 

नेपालले नेदरल्याण्ड्सलाई दियो १०७ रनको लक्ष्य 

नेपालका कप्तान रोहित कुमार पौडेलले ५ चौकाको मदतमा सर्वाधिक ३५ रन बनाए । 

मंगलबार, जेठ २२ २०८१
मंगलबार, जेठ २२ २०८१
  • काठमाडौं । आईसीसी टी– २० विश्वकप क्रिकेट प्रतियोगिता नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ । 

    अमेरिकाको डालसस्थित ग्राड पेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको नेपाल १९.२ ओभरमा १०६ रन जोडेर अल आउट भयो । नेपालका कप्तान रोहित कुमार पौडेलले ५ चौकाको मदतमा सर्वाधिक ३५ रन बनाए । 

    त्यस्तै करण केसीले १७, गुल्शन झाले १४ र अनिल कुमार साहले ११ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । 

    बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार