एजेन्सी । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडेरिक्सनमाथि आक्रमण भएको छ ।
प्रधानमन्त्री फ्रेडेरिक्सनमाथि कोपेनहेगन स्क्वायरमा एक व्यक्तिले आक्रमण गरेका थिए । प्रधानमन्त्री कार्यालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै राजधानीको कुलटोर्भेट स्क्वायरमा शुक्रबार साँझ एक व्यक्तिले प्रधानमन्त्री फ्रेडरिक्सनमाथि हातपात गरेको जनाएको छ ।
आक्रमणकारी पक्राउ परेका र यो घटनाबाट ४६ वर्षीया प्रधानमन्त्री स्तब्ध भएको जनाइएको छ । कोपेनहेगन पुलिसले पनि सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्रीमाथि आक्रमण गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
नियन्त्रणमा रहेका आक्रमणकारीमाथि थप अनुसन्धान भैरहेको र आक्रमण गर्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
