एजेन्सी । उत्तरपश्चिम दिल्लीको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
शनिबार नरेला औद्योगिक क्षेत्रमा रहेको कारखानामा आगलागी भएको हो । आगलागी भएपछि दिल्ली फायर सर्भिसका कर्मचारीहरुले उक्त कारखानाबाट ९ जनाको उद्धार गरेका थिए । जसमध्ये ३ जनाको उपचार गर्न अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ ।
बाँकी ६ जनाको भने अस्पतालमा उपचार भैरहेको र ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । खाना पकाउने ग्यास चुहिएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
