मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना छैन : झलनाथ खनाल 

एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना छैन : झलनाथ खनाल 

पार्टीको महाधिवेशनपछि कार्यदिशा र सिद्धान्त कसैसँग मेल खान गएमा वा एकरुपता भएका एकीकरणलाई कसैले रोक्न नसक्ने नेता खनालले बताए । 

शनिबार, जेठ २६ २०८१
शनिबार, जेठ २६ २०८१
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) सँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।

    सिमरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले हाल कुनै पार्टीसँग एकीकरणको स्थितिमा नरहेको बताए । पार्टी एकीकरणको हल्ला फिजाइएको र त्यो बेकारको कुरा भएको उनले बताए । 

    उनले भने, “पार्टी एकीकरण कसैसँग हुँदैन, यो सबै बेकारको कुरा हो । अहिले हाम्रो पार्टी महाधिवेशनमा अघि बढ्दैछ । यो महाधिवेशनले नयाँ कार्यदिशा, नीति, सिद्धान्तको आधारमा पार्टीलाई रुपान्तरण गर्दछ । अहिले हामी कसैसँग पनि एकता गर्न सक्ने स्थितिमा छैनौं ।”

    पार्टीको महाधिवेशनपछि कार्यदिशा र सिद्धान्त कसैसँग मेल खान गएमा वा एकरुपता भएका एकीकरणलाई कसैले रोक्न नसक्ने नेता खनालले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार