मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

प्रधानमन्त्रीको विदेश भ्रमण

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान 

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान 

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री प्रचण्डबीच आज साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । 

आइतबार, जेठ २७ २०८१
आइतबार, जेठ २७ २०८१
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली भारत प्रस्थान गरेको छ । 

    भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन् ५ सदस्यीय नेपाली टोलीको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गरेका हुन् । 

    प्रधानमन्त्री प्रचण्डको साथमा स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल लगायत उच्चपदस्त सरकारी अधिकारीहरु रहेका छन् । प्रधानमन्त्री प्रचण्डको बिदाइका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीद्धय नारायणकाजी श्रेष्ठ, रघुविर महासेठ लगायत मन्त्री र कर्मचारी पुगेका थिए । 

    भारतीय प्रधानमन्त्री मोदीले आज साँझ तेस्रो कार्यकालको लागि शपथ लिने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री प्रचण्डबीच आज साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । 

    प्रधानमन्त्री प्रचण्डसहितको टोली भोली स्वदेश फर्किनेछ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार