मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

टी– २० विश्वकप

वेस्ट इन्डिज पुगेर सन्दीपले दिए सबैलाई धन्यवाद, बाँकी दुई खेलमा सहभागी हुने 

वेस्ट इन्डिज पुगेर सन्दीपले दिए सबैलाई धन्यवाद, बाँकी दुई खेलमा सहभागी हुने 

क्यानले युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखेर सन्दीपलाई १५ सदस्यीय स्क्वाडमा समावेश गरेको छ ।

सोमबार, जेठ २८ २०८१
सोमबार, जेठ २८ २०८१
  • काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले सबैलाई धन्यवाद दिएका छन् । 

    आईसीसी टी– २० विश्वकप खेल्नको लागि वेस्ट इन्डिज पुगेका सन्दीपले सामाजिक सञ्जालमार्फत विश्वकपमा सहभागी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले क्यान पदाधिकारीहरुको नाम जोडेर फैलाइएका प्रपोकाण्डामा विश्वास नगर्न आग्रह गरेका छन् । 

    अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा अमेरिकाको भिसा नपाएपछि अमेरिकामा हुने खेल गुमाएका सन्दीप वेस्ट इन्डिजमा हुने खेलमा भने सहभागी हुने भएका छन् ।

    नेपाली सुरुवाती टोलीमा सन्दीप समावेश नभए पनि उच्च अदालत पाटनले सफाइ दिएपछि उनी नेपाली स्क्वाडमा समावेश छन् । क्यानले युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखेर सन्दीपलाई १५ सदस्यीय स्क्वाडमा समावेश गरेको छ ।

    यस अघि नेपाल क्रिकेट संघ (क्यान) ले पनि एक विज्ञप्ति जारी गरेर दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध हुने खेलमा सन्दीप लामिछाने सहभागी हुने जानकारी दिएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार