मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जनकारी गराउन कांग्रेसको माग 

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जनकारी गराउन कांग्रेसको माग 

यस अघि सत्तारुढ दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले पनि प्रधानमन्त्रीले भारत भ्रमणबारे सदनलाई जानकारी गराउनु पर्ने माग राखेका थिए

शुक्रबार, असार १ २०८१
शुक्रबार, असार १ २०८१
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ । 

    आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो माग राखेका हुन् । उनले विदेशमन्त्री समेत विदेश भ्रमणमा जाँदा सदनलाई जानकारी गराउनु पर्ने परम्परा रहेको स्मरण गराउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरे । 

    उनले भने, “प्रधानमन्त्रीले बिर्सिनु भयो की ? प्रधानमन्त्री कुनै पनि भ्रमणमा जानु अगाडी सदनलाई जानकारी गराउनु पर्ने परम्परा छ । उहाँ एक हप्ता पहिले जानु भएको । फर्किएर आएको पनि पाँच दिन भैसक्यो । हामीले कुरेर बसेका थियौं । उहाँले जानकारी गराउनु भएन ।”

    साथै राष्ट्रपति रामचन्दै पौडेलको विदेश भ्रमणबारे पनि सरकारले सदनलाई जानकारी गराउनु पर्ने प्रमुख सचेतक लेखकले बताए । प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणका विषयमा सदनलाई जानकारी गराउन सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने कांग्रेसको माग छ । 

    यस अघि सत्तारुढ दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले पनि प्रधानमन्त्रीले भारत भ्रमणबारे सदनलाई जानकारी गराउनु पर्ने माग राखेका थिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार