मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सुरक्षा/अपराध

झापामा दुई छोरासहित आमा मृत फेला 

झापामा दुई छोरासहित आमा मृत फेला 

घटनास्थलमा प्रहरी र चिकित्सकको टोली पुगिसेको र यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

शुक्रबार, असार १ २०८१
शुक्रबार, असार १ २०८१
  • झापा । झापमा दुई बालकसहित आमा मृत अवस्थामा फेला परेका छन् । 

    जिल्लाको शिवसताक्षी नगरपालिका– ३ भोटेपुल निवासी सुजन बेस्नाकी २५ वर्षीया श्रीमती अन्जली बेस्ना, उनका छोराहरु ९ वर्षका विशाल बेस्ना र ३० महिनाका आयुष बेस्ना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए । 

    प्रहरीका अनुसार अन्जली कोठमा डोरीमा झुण्डिएको अवस्थामा र छोराही विशाल र आयुष भुईमा लडेको अवस्थामा मृत फेला परेका थिए । आमाले छोराहरुलाई विष खुवाएर हत्या गरेपछि उनले आफुले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । 

    घटनास्थलमा प्रहरी र चिकित्सकको टोली पुगिसेको र यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार