काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
अतिरिक्त समयमा गरेको काम बापतको प्रोत्साहन भत्ता नपाएको भन्दै ११ बुँदे माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । शुक्रबार उनीहरुले विरोध स्वरुप पाखुरामा कालो पट्टी बाँधेर काम गरेका हुन् ।
आफूहरुले राखेका मागहरु सम्बोधन नभए असार २ गते थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
