मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

युरो कप– २०२४

युरो २०२४ : स्पेनले क्रोएसियालाई ३–० ले हरायो 

युरो २०२४ : स्पेनले क्रोएसियालाई ३–० ले हरायो 

समूह ‘बी’ मा स्पेन र क्रोएसियासहित अल्बानीया र इटाली छन् । पहिलो खेलमा स्पेनसँग ३–० को पराजय भोगेको क्रोएसिया भने समूह ‘बी’ को अन्तिम स्थानमा छ । 

शनिबार, असार २ २०८१
शनिबार, असार २ २०८१
  • काठमाडौं । युरो– २०२४ अन्तर्गत समूह ‘बी’ को खेलमा स्पेनले क्रोएसियालाई ३–० ले पराजित गरेको छ । 

    बर्लिनस्थित ओलम्पिया स्टेलियममा भएको खेलमा स्पेनका फरक फरक खेलाडीले गोल गरे । खेलको २९ औँ मिनेटमा स्पेनका अल्भारो मोराटाले अग्रता दिलाए भने ३२ औँ मिनेटमा फेबियन रुइजले अग्रतालाई दोब्बर पारे । 

    त्यस्तै पहिलो हाफको अतिरिक्त २ मिनेटमा स्पेनका ड्यानी कार्भाजलले गोल गर्दै पहिलो हाफमै स्पेनलाई ३–० को अग्रता दिलाए । दोस्रो हाफमा भने दुवै टोली गोल विहिन बने । 

    खेलको ८० औँ मिनेटमा क्रोएसियाले पेनाल्टी प्राप्त गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । यो जितसँगै स्पेन ३ अंकसहित समूह ‘बी’ को शिर्ष स्थानमा रहेको छ । 

    समूह ‘बी’ मा स्पेन र क्रोएसियासहित अल्बानीया र इटाली छन् । पहिलो खेलमा स्पेनसँग ३–० को पराजय भोगेको क्रोएसिया भने समूह ‘बी’ को अन्तिम स्थानमा छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार