जनकपुरधाम । मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सोहन साह नियुक्त भएका छन् ।
मुख्यमन्त्री शतिस सिंहले बिहिवार साहलाई प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । यस अघि जसपा नेतृत्वको सरकारमा जनमत पार्टी सहभागी हुँदा डा. साह जनमतको कोटाबाट मधेश प्रदेश योजना आयोगको सदस्य थिए ।
जनमत सरकारबाट बाहिरिएपछि तत्कालीन सरकारले साहलाई बर्खास्त गरेको थियो । हाल मधेश प्रदेश सरकार परिवर्तन भएर जनमतका सिंह मुख्यमन्त्री भएसँगै साह नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका हुन् ।
