सुर्खेत । रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चौरजाहरी नगरपालिका– १२ का २५ वर्षीय गोपाल खत्री रहेका छन् । दुर्घटनामा घाइते भएका खत्रीको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीका अनुसार घाइते ६ मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ भने २ को सामान्य रहेको छ । उनीहरुको मिसन अस्पताल चौरजाहरीमा उपचार भैरहेको छ ।
आज बिहान चौरजाहरी नगरपालिका– १२ स्थित साना खोलाको भित्री सडक खण्डमा कुलो निर्माणको लागि ढुंगा बोकेर जाँदै गरेको कर्णाली प्रदेश ०३–००१ त ०००१ नम्बरको ट्याक्टर ब्रेक फेल भई सडक भन्दा ८० मिटर तल खसेको थियो ।
